No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सभामुख राजनीतिक पूर्वाग्रही बनेको पोखरेलको आरोप

0

धनगढी । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणा जनतामाथि छरिएको भ्रम भएको बताएका छन् । प्रेस चौतारी कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले कानून र संविधानले मान्यतासमेत नदिएको विषयले जनतामाथि भ्रम मात्रै छरिएको बताएका हुन् ।

‘व्याख्यात्मक घोषणा सरकारको लाज जोगाउने प्रयास मात्रै हो। जे छ त्यही कुरा स्पष्ट पारिएको हो संशोधन गरिएको होइन। कार्यकर्ताहरूलाई भ्रम सृजना गरिएको छ ’, उनले भने, ‘हाम्रो संविधान र कानूनले व्याख्यालाई कानुनी हैसियत प्रदान गर्दैन।’ कुनै पनि विषयमा संशोधन नहुने गरी हुबहु पारित गरेको भन्दै व्याख्यात्मक घोषणाको कुनै अर्थ नरहेको बताए ।

महासचिव पोखरेलले सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोप लगाए। ‘सरकारको बिजनेस सभामुखले रोक्न मिल्दैन भन्ने हाम्रो अडान थियो त्यो पूरा भएको छ ’ उनले भने, ‘टेबल गर्नु परे आत्महत्या गर्छु भन्नु भएको थियो अहिले राजनैतिक पूर्वाग्रही भएको पुष्टि भएको छ।’

उनले प्रचण्ड र माधव नेपालले तत्कालीन नेकपाकालमा अध्यक्ष केपी शर्मा ओलीले एमसीसी पारित गरेर राष्ट्रघाती काम गर्न लागेकोे आरोप लगाउँदै पार्टी विभाजनको आधार बनाएको तर अहिले सोही सम्झौता पारित गर्न सहयोगी बनेको बताए । हाल प्रचण्ड र नेपाल गलत साबित भएको भन्दै उनले सँगै गएका नेता–कार्यकर्ताहरूलाई पनि एमालेमा फर्कन आग्रह समेत गरे ।

 

प्रकाशित: १९ फाल्गुन २०७८, बिहीबार ०९:१७

Leave a Reply