No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

युद्धले महँगी बढाउने विश्व बैंकको चेतावनी

0

विश्व बैंकका प्रमुखले युक्रेनमा जारी युद्ध विश्वका लागि एउटा विध्वंस भएको भन्दै त्यसले आर्थिक वृद्धि रोक्ने र महँगी बढाउने बताएका छन् । युक्रेनले ठूलो मात्रामा गर्ने सूर्यमुखीको तेल, मकै र गहुँको निर्यात रोकिँदा विश्वभरि खानेकुराको मूल्यमा वृद्धि हुने देखिएको डेभिड मालपासले उल्लेख गरे ।

रुसी आपूर्ति बन्द भएका कारण विश्वमा तेल र ग्यासको मूल्य बढ्ने चेतावनी पनि उनले दिए । आगामी केही दिनभित्र विश्व बैंकले युक्रेनलाई लाखौँ डलर बराबरको सहायता प्याकेज उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

प्रकाशित: २० फाल्गुन २०७८, शुक्रबार ०५:१२

Leave a Reply