No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाली जनता ठग्ने दुस्प्रयास नहोस्

0

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले एमसीसीबारे सरकारको १२ बुँदे व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गरेको भन्ने प्रायोजित प्रचार भएको बताएका छन् ।

शुक्रबार सामाजिक संजालमार्फत रावलले जबसम्म नेपाल सरकारले औपचारिक पत्र पठाएर अमेरिकाले औपचारिक जवाफमा घोषणा स्वीकार्दैन तबसम्म स्वीकारेको नठहर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘सरकारको १२बुँदे व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकार गरेको भन्ने प्रायोजित प्रचार हो।जबसम्म नेपाल सरकारले अ‍ौपचारिक पत्र पठाएर अमेरिकाले त्यसको औपचारिक जवाफमा उक्त घोषणा स्वीकार्दै सम्झौताको अंग हुने कुरा गर्दैन तबसम्म स्वीकारेको ठहर्दैन । नेपाली जनतालाई ठग्ने दुस्प्रयास नहोस् ।’

 

 

प्रकाशित: २० फाल्गुन २०७८, शुक्रबार ०६:४८

Leave a Reply