No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चीनको रक्षा बजेट ७ प्रतिशतले बृद्धि

0

चीनले सन् २०२२ मा आफ्नो रक्षा बजेट ७.१ प्रतिशतले बृद्धि गर्ने घोषणा गरेको छ । समाचार एजेन्सी एएफपीका अनुसार चीन सरकारले राष्ट्रिय सुरक्षाका लागि २३० अर्ब डलर (करिब १७ हजार ५७७ अर्ब रुपैयाँ) विनियोजन गरेको सरकारी बजेट प्रतिवेदनले देखाएको छ ।

अमेरिकापछि सबैभन्दा धेरै रक्षा बजेट चीनको छ । चीनको आधिकारिक पत्रिका ग्लोबल टाइम्सले सकारात्मक आर्थिक वृद्धि र बढ्दो सुरक्षा खतराका कारण चीनले आफ्नो रक्षा बजेट बढाएको जनाएको उल्लेख गरेको छ ।

यसअघि मार्च २०२१ मा चीनले २०९ अर्ब डलरको रक्षा बजेट प्रस्तुत गरेको थियो । गत वर्ष चीनको रक्षा बजेट ६.८ प्रतिशतले बढेको थियो भने सन् २०२० मा कोरोनाका बाबजुद ६.६ प्रतिशतले बढेको थियो ।

प्रकाशित: २१ फाल्गुन २०७८, शनिबार ०६:३३

Leave a Reply