No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

युक्रेनकाबारेमा स्पष्ट अडान लिन भारतमाथि दबाब

0

युक्रेनका बारेमा स्पष्ट अडान लिन भारत अत्यधिक दबाबमा परेको छ । जारी सङ्कट समाधानका लागि वार्ता र कूटनीतिमा जोड दिँदै मस्कोविरुद्ध संयुक्त राष्ट्रको मतदानबाट भारत टाढा रहेको थियो ।

आधिकारिक धारणमा पनि दिल्लीले क्षेत्रीय अखण्डताको महत्वको बारेमा कुरा गरेको छ तर रुसको आलोचना गरेको छैन । दिल्लीसमक्ष पश्चिमा राष्ट्र र रुस दुवैसँगको रक्षा र कूटनीतिक सम्बन्ध सन्तुलनमा राख्नुपर्ने कठिन काम छ । मस्कोले भारतको लगभग ५० प्रतिशत रक्षा आयात उपलब्ध गराउँछ । साथै यी दुई देश विश्वव्यापी मामिलाहरूमा भरपर्दो साझेदार हुन् । तर अमेरिकासँग भारतको सम्बन्ध पछिल्लो दुई दशकदेखि उल्लेखनीय रूपमा बढेको छ ।

युक्रेनबारे भारतको अडानलाई लिएर वाशिङ्टन र मस्कोबाट आएका फरक–फरक बयानहरूले भारतको चुनौती प्रस्ट्याउँछ । भारतका लागि रुसी राजदूत डेनिस अलीपोभले शनिवार भारतको स्वतन्त्र विदेश नीति स्वागतयोग्य रहेको बताएका छन् ।

उस्तै समयमा अमेरिकाका वरिष्ठ कूटनीतिज्ञ डोनाल्ड लुले वाशिङ्टनले युक्रेनबारे भारतको स्पष्ट अडान बुझ्ने प्रयास गरिरहेको बताए । द्वन्द्व जारी रहेको अवस्थामा, विश्वको सबैभन्दा ठूलो लोकतन्त्र भएको देशलाई निरन्तर चुप रहन कठिन हुने देखिन्छ ।

प्रकाशित: २२ फाल्गुन २०७८, आईतवार ०५:४७

Leave a Reply