No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भन्सार छलेको अभियोगमा चारविरुद्ध मुद्दा दायर

0

काठामाडौं । कानूनले तोकेअनुसारको राजस्व र भन्सार महशुल तिरेर व्यापार व्यवसाय गर्नेभन्दा पनि कसरी राज्यलाई ठग्न सकिन्छ भन्ने मान्यताको विकास भएको पाइएको छ ।

राजस्व अनुसन्धान विभागले सोमबार दायर गरेको एक मुद्दाका आधारमा भन्सार छलेर व्यवसाय गर्ने मान्यता व्यवसायीमा देखिएको पाइएको हो । विभागले चार जनाविरुद्ध चार करोड ४६ लाख ३७ हजार १८४ रुपैयाँ बराबरको बिगो दाबी गर्दै ललितपुरको पाटन उच्च अदालतमा मुद्दा दायर गरेको छ ।

पर्सा पटेर्वा स्थायी घर भई हाल बूढानीलकण्ठ नगरपालिका–१० कपन बस्ने सन्तोषचन्द्र बख्रेल, कागेश्वरी मनहरा नगरपालिका–६ का शैलेश पन्त, पर्सा ठोरी घर भई हाल काठमाडौँ–५ बस्ने रवीन पाख्रिन र सर्लाही बरथहवा घर भई हाल काठमाडौँ–७ बस्ने नारायणप्रसाद घिमिरेविरूद्ध मुद्दा दायर गरेको विज्ञप्तिमार्फत जनाएकोे छ ।

विभागका अनुसार उनीहरूले भन्सार शुल्क, अन्तःशुल्क नियमावली, राजस्व चुहावट ऐनविपरीत पैठारी गरी राजस्व छलेको पाइएको छ ।विभागले बख्रेल र पन्तसँग जनही एक करोड ४७ लाख ३२ हजार, पाख्रिनसँग एक करोड ४३ लाख ९२ हजार ३०६ र घिमिरेसँग सात लाख ८० हजार ८१८ बिगो माग गरेको छ ।

प्रकाशित: २३ फाल्गुन २०७८, सोमबार १०:५८

Leave a Reply