No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेप्से ३० अंकले गिरावट

0

काठमाडौं । पछिल्लो समय लगातार रुपमा गिरावट हुँदै आएको नेप्से परिसुचकमा बुधबार पनि गिरावट आएको छ । नेप्से परिसूचकसँगै पछिल्लो दुई हप्ता देखि निरन्तर रुपमा कारोबार रकम पनि घटेको छ । बुधबार नेप्से सूचक ३०.२९ अंकले घटेर २ हजार ५१४.६५ विन्दुमा झरेको छ ।

यस्तै सेन्सेटिभ सूचक पनि ५.४६ अंकले घटेर ४८७.०७ विन्दुमा झरेको छ  भने सेन्सेटिभ फ्लोट इण्डेक्स २.०९ अंक र फ्लोट इण्डेक्स २.१९ अंकले घटेको छ । बुधबार कारोबारमा आएका २२९ कम्पनीको ४९ लाख ५९ हजार ९१९ कित्ता शेयर २ अर्ब ३५ करोड २३ लाख १७ हजार १४२ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार कारोबारमा आएका नेप्सेका १३ वटै उपसमूहको सूचक नकारात्मक देखिएका छन्। जसमा व्यापार उपसमूहको सूचक सबैभन्दा धेरै ३.०३ प्रतिशत घटेको छ ।

बुधबार नेप्से परिसूचकमा गिरावट आए पनि माउन्टेन इनर्जी हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ८.१० प्रतिशतले बढेको छ । त्यस्तै इमर्जीङ नेपाल, आइसिएफसि फाइनान्स र प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य बढेको छ । यता विशाल बजार कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ५.७८ प्रतिशतले घटेको छ  भने सामुदायीक लघुवित्त, बुद्धभुमि हाइड्रोपावर र माउन्टेन हाइड्रोको शेयरमूल्य घटेको छ ।

कारोबारमा आएको नेपाल दुरसञ्चार कम्पनीको सबैभन्दा धेरै १० करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको १० करोड ४८ लाख र हिमालयन डिस्टिलरीको ७ करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रकाशित: २५ फाल्गुन २०७८, बुधबार १३:०९

Leave a Reply