No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेप्सेमा उच्च अङ्कको वृद्धि

0

काठमाडौं । पछिल्लो दुई हप्ता देखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक विहीवार वृद्धि भएको छ । बिहीबार नेप्से परिसूचक ५२.३१ अंकले बढेर २ हजार ५६६.९० विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.२४ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.०१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.१६ अंकले बढेको छ ।

बिहीवार कारोबारमा आएका २२६ कम्पनीको ५६ लाख १० हजार ६३१ कित्ता शेयर २ अर्ब ७९ करोड १८ लाख ७२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचक ५० अंक भन्दा बढीले बढेपनि कारोबार रकममा भने खासै सुधार भएको छैन । बुधवार २ अर्ब ३५ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ । जसमा वित्त उपसमूहको परिसूचक सबैभन्दा बढी ५.०६ प्रतिशत बढेको छ । त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक ४.७९ प्रतिशत, जलविद्युत उपसमूहको परिसूचक ४.१२ प्रतिशत र लगानीको ४.२ प्रतिशत बढेको छ । व्यापार, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ ।

बिहीवार कारोबारमा आएको इमर्जिङ्ग नेपालको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, कर्णाली डेभलपमेन्ट बैंक, नेपाल हाइड्रो डेभलोपर्स, प्रोग्रेशिभ फाइनान्स, ज्योति विकास बैंक, सेन्ट्रल फाइनान्स र हिमालयन पावर पार्टनरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ ।

कारोबार रकमका आधारमा १६ करोडभन्दा बढीको शेयर खरिदबिक्री गरेर अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । नेपाल टेलिकम र एनआईसी एशियाको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

 

प्रकाशित: २६ फाल्गुन २०७८, बिहीबार ११:५९

Leave a Reply