No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सुडानमा बन्दुकधारीद्वारा १७ सर्वसाधारणको हत्या

0

सुडानको डार्फर क्षेत्रमा बन्दुकधारीहरूको आक्रमणमा परी १७ नागरिक मारिएका छन् । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार विद्रोही समूहसँग भएको झडपका क्रममा उनीहरुको मृत्यु भएको हो ।

हतियारधारी समूहले डार्फर राज्यको पहाडी क्षेत्र जेबेल मुनमा आक्रमण गरेको अधिकारीहरुले जानकारी दिएका छन् । घटनास्थल चादसँगको सीमा क्षेत्रमा पर्दछ ।

बिहीबार भएको घटनामा परी अरु केही घाइते भएका र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । आक्रमणकारीहरुले आगजानी गरेर चार गाउँ पुरै जलेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

प्रकाशित: २७ फाल्गुन २०७८, शुक्रबार १७:४८

Leave a Reply