No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

यो सरकारलाई ठिक त हामी लगाइहाल्छौं नि, तपाइँहरुले केही गर्नै पर्दैन : ओली

0

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीय संसदले कामै गर्न नसकेको बताएका छन् । शनिबार नेपाल निजामती कर्मचारी संगठनको ११ औं राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सांसदहरूले भत्ता खानेबाहेक काम नगरेको बताएका हुन् ।

उनले चुनावमा जाँदा आफू स्वाहा हुने डर भएकाहरूले चुनाव गर्ने कुरालाई प्रतिगमन भन्ने गरेको बताए । अध्यक्ष ओलीले अहिलेको सरकार पाँच जना न्यायाधीशले नियुक्त गरेको बालुवाको मूला जस्तो भएको भन्दै यसलाई जनताको अभिमतबाट उखेलेर मिल्काइदिने दाबी समेत गरे ।

उनले भने, ‘यिनीहरू चुनावबाट भाग्न खोज्दैछन्, भागेर कहाँ जान्छौ ? चुनाव त गराउनैपर्छ । त्यही बेला हामी जनताको अभिमतबाट उखेलेर मिल्काइदिन्छौ । परमादेशबाट एमालेलाई हटाइयो,अब रोकिन्छ भन्ने नसोचे हुन्छ ।’

अध्यक्ष ओलीले दिनहुँ पार्टी प्रवेशको लहर चलेको बताए । उनले वीरगन्जका मेयर पनि एमाले प्रवेश गर्न लागेको भन्दै आउने चुनावमा एमालेले भेल सिर्जना गर्ने दाबी गरे ।

उनले सत्ताले उन्माद जन्माउने भन्दै अहिले सत्तामा पुगेका दलहरूमा सत्ताको उन्माद चढेको बताए । वर्तमान सरकारमा रहेकाले देशको हित, लोकतन्त्र, संविधानको रक्षा गर्न नसकेको उनको भनाई थियो । उनले सरकारलाई सहयोग गर्न कर्मचारीलाई आग्रह गरे । उनले भने ‘यो सरकारलाई ठिक त हामी लगाइहाल्छौं नि तपाइँहरुले केही गर्नै पर्दैन ।’

 

 

प्रकाशित: २८ फाल्गुन २०७८, शनिबार ०७:२१

Leave a Reply