No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कांग्रेसले लखेट्न थालेमा परिस्थिति जेपनि हुनसक्छः प्रचण्ड

0

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा एमालेसँग गठबन्धन हुन सक्ने संकेत गरेका छन् । बिहीबार प्रेस सेन्टरले रुपन्देहीमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसले लखेट्न थालेमा परिस्थिति अर्कै हुनसक्ने बताएका हुन् ।

उनले राजनीतिमा असम्भव केही नहुने भएकाले गठबन्धन जुनसुकै दलसँग हुन सक्ने बताए । उनले भने,‘एमसीसीका सन्दर्भमा हामीले एमालेसँग पनि छलफल गर्यौं । तर एमाले अध्यक्ष केपी ओलीले विगतको १९ पृष्ठको आरोपको ख्याल गरेर आउनु भन्नुभयो । अनि सभामुखलाई हटाउनु पहिला भन्नु भयो । उहाँका कुरा सुन्दा किन छलफल गर्न आइयो भन्ने लाग्यो । त्यसले गर्दा तत्काल एमालेसँग सहमति हुने सम्भावना छैन । कांग्रेससँगको व्यवहारमा पनि भरपर्ने कुरा हो यो । राजनीतिमा असम्भव हुने कुरा हुँदैन । राजनीति सम्भावनाको खेल पनि हो । माओवादीसँग कुनै हालतमा तालमेल हुँदैन भनेर कांग्रेस नेताहरु भनिरहेका छन् । कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्ने निश्चित छैन । मैले भनेको अवस्था आउला भन्ने लागेको छैन । किनकी प्रधानमन्त्री चाहिँ उहाँका नेताहरुलाई गठबन्धनकाविरुद्ध नजान भनिरहनु भएको छ । गठबन्धनमा रहेका पार्टीहरुको मृख्य नेतृत्वमा तालमेल गर्ने कुरामा कुनै विमति छैन ।’

अध्यक्ष प्रचण्डले महाभियोग संविधानको व्यवस्था अनुसार संसदमा दर्ता भएको र संसदबाट छानविन समिति गठन भइसकेकाले प्रक्रिया अनुसार अघि बढ्ने बताए । अहिले छलफल सुरु गरेर बीचमै अधिवेशन अन्त्य गर्दा राम्रो नहुने भएकाले बजेट अधिवेशनमा यसबारे छलफल सुरु हुने उनले बताए । उनले निर्वाचनमा आफ्नै एजेण्डा बलियो बनाउने, आफ्नै खुट्टामा उभिने एजेण्डामा केन्द्रित भएर जान नेता कार्यकर्तालाई निर्देशन दिए ।

उनले अहिले पनि प्रतिगमनको खतरा टरिनसकेको बताए । उनले भने,‘देशभित्रका संविधान खारेज गर्ने तत्वहरु कुनै न कुनै रुपले हिजो संसद विघटन गर्ने तत्वलाई मलजल गरी मुलुकलाई अराजकता तिर लैजाने कसरत रोकिएको छैन । असवैधानिक प्रवृत्ति अहिले पनि जमर्को गर्दैछ प्रतिगमनतर्फ देशलाई लैजान । तर उनीहरुको कसरलाई सफल हुन दिइने छैन ।

प्रकाशित: ३ चैत्र २०७८, बिहीबार ०६:५१

Leave a Reply