No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मानव सभ्यताको पक्षमा पुटिनकाे अडान !

0
मानव सभ्यताको पक्षमा पुटिनकाे अडान!!!
पश्चिमाहरूले अमेरिकी सहयोगमा विश्वभरी नै समलिङ्गी विवाहलाई मान्यता दिन दबाब दिई रहेका छन् । नेपालका लागि अमेरिकी राजदुत नान्सी पावेल हुँदा ई.स. २००७ मा अन्तरिम संविधान बन्याे । त्यसै संबिधानमा नेपालमा पनि समलिङ्गी विवाहलाई कानुनी मान्यता दिलाउन सफल भयाे । समलिङ्गी विवाहलाई मान्यता दिनु हुँदैन भनेर सर्वोच्च अदालतमा रिट निवेदन त पर्यो तर सर्वोच्च अदालतले पनि समलिङ्गी विवाहलाई मान्यता दिने फैसला गर्यो । त्यसै अनुरूप अन्तरिम संविधानमा व्यवस्था गरे बमाेजिम २०७२ काे संविधानमा हुबहु कार्यान्वयन गर्ने काम गरियो । र त्यसको नेपाल राष्ट्रिय चर्च परिषद् र अन्तर धार्मिक परिषद्ले विराेध जनायो तर यस विषयमा नेपालको एक मात्र विश्व हिन्दू महासंघ भने बेखबर रह्यो । एसियामा समलिङ्गी राष्ट्रहरूकाे लिस्ट निकालिएको थियो, त्यसमा पहिलाेमा टाइवान र दसौँ नम्बरमा नेपाल रहि आएकाे छ ।
संयुक्त राष्ट्र संघ अन्तर्गतको एनजिओ आइएनजिओमा समलिङ्गी विवाहलाई मान्यता नदिएका देशहरूमा जागिर खान पाईंदैन । अमेरिकी वाइडेन प्रशासन, युराेपियन युनियन तथा वान वर्ल्ड अर्डर वालाहरू पुटिनलाई देखि नसक्नुकाे कारण यहि हाे । सन् २०१३ मा पुटिनले नयाँ कानून बनाएर स्कुलहरूमा समलिङ्गीकाे कुरा गर्न नपाइने गराए । सन् २०२० मा पुटिनले संविधान संशोधन गरेर गड भन्ने शब्द राखे तर महिला-पुरुष बीचकाे विवाहलाई मात्र कानूनीरूपमा मान्यता दिए । रसियाले हस्ताक्षेप गरेपछि युक्रेनमा समलिङ्गीहरू डरले भयभीत भएका छन् । कतिले त रूसले युक्रेन लियो भने समलिङ्गी सबैलाई मार्छ भनेर डराइ रहेका छन् । गत महिनाकाे न्युयाेर्क टाईम्स् पत्रिकाअनुसार रूसले कार्वाही गरेपछि अमेरिकाले संयुक्त राष्ट्र संघलाई पुटिनले युक्रेनमा रहेका समलिङ्गी मार्न सूचि तयार पार्दैछ भनेर एउटा पत्र समेत लेखी पठाए । तर अमेरिका जस्तो राष्ट्रले सम्पूर्ण युक्रेनी जनताकाे चिन्ता गर्नु भन्दा पनि समलिङ्गीहरूकाे मात्रै चिन्ता गर्नु आश्चर्यजनक कुरा हो । संयुक्त राष्ट्र संघले समेत समलिङ्गी विवाहलाई मान्यता दिनका लागि रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनलाई ठूलो दवाब दिँदै आइरहेकाे छ । केही वर्ष अगाडि रूसकाे मस्काेमा भएकाे आेलम्पिक खेलमा समलिङ्गी विवाहलाई मान्यता नदिएको भन्दै केही राष्ट्र लगायत खेल संस्थाहरूले समेत बहिष्कार गरेका थिए तर यस्ता दबाबका बाबजुद समलिङ्गी विवाहलाई कानुनी मान्यता दिन ईन्कार गरिरह्यो । पुटिनकाे भनाइअनुसार याे एजेन्डा मानव सभ्यतालाई समाप्त पार्ने भयकंर दुष्ट याेजना हाे । पुटिनले मानव सभ्यतालाई निरन्तरता दिनका लागि बच्चा जन्माउनु जरुरी छ, समलिङ्गीले बच्चा जन्माउन सक्दैन भन्ने अडान कायम राखे । जस्तै अमेरिकाको फ्लोरिडा राज्यमा गभर्नर राेहन देसान्तिसले पनि आफ्नो राज्यका स्कुलहरूमा समलिङ्गीकाे कुरा गर्न नपाइने कानून बनाएका रहेछन् । हालै अमेरिकाका यातायत मन्त्री पेटे बुतिगिगले यस विषयमा घाेर विरोध गरेका छन् । यातयात मन्त्री पेटे बुतिगिग वाइडेन मन्त्री वाइडेन मण्डलको समलिङ्गी मन्त्री हुन् र अमेरिकी राष्ट्रपतिकाे क्याबिनेटमा पहिलो समलिङ्गी मन्त्री हुन् ।
रूसले कारवाही शुरु गरेपछि युक्रेन पश्चिमा र अमेरिकी उक्साहटमा नेटाे सेनाकाे सदस्य जबरजस्ती बन्न खाेजेपछि आफ्नो विरुद्ध छिमेकी राष्ट्र प्रयोग हुँदा रसियाले हेरेर बस्ने अवस्था रहेन । यदि याे द्वन्द्व बढ्दै जाने र रसिया कमजाेर हुन गए एसिया वा साउथ एसिया अमेरिकी तथा पश्चिमा प्रभावमा साेह्रौँ, सत्रौँ शताब्दीको जस्तै गुलाम नबन्ला भन्न सकिन्न । रसिय-युक्रेन द्वन्द्व वार्ताद्वारै समाधान हुनु मै एसियाकाे भविष्य सुरक्षित छ । यदि युद्ध लम्बिए तेस्रो विश्वयुद्धकाे खतरा पनि त्यतिकै नजिक देखिन्छ । हाल विश्व दुइ ध्रुवमा विभाजित छ । एउटा भौतिकवादी र अर्को परम्परागत र मानवतावादी ।
मानव सभ्यताका लागि जुन अडान लिएका छन्, त्यो वन वर्ल्ड अर्डरमा लागि पुटिन बाधकका रूपमा देखा परेका छन् । पुटिन कमजाेर भएमा मानवतावादीहरू, ईश्वरमा विश्वास गर्नेहरू त्राहिमाम हुने निश्चित छ । समाजवादका नाममा नास्तिकता वादिहरूकाे जित भएमा सम्पूर्ण धर्ममाथि नै खतरा मडारिने छ ।
हेम विक्रम सिलवाल
संयोजक
स्वतन्त्र नागरिक समाज
पाटनढोका, पिपलबाेट, ललितपुर
May be an image of 1 person and indoor
प्रकाशित: २० चैत्र २०७८, आईतवार ०३:२९

Leave a Reply