No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

क्रोएसियाद्वारा २४ रुसी कूटनीतिज्ञलाई देश छाड्न आदेश

0

क्रोएसियाले आफ्नो देशमा रहेका २४ रुसी कूटनीतिज्ञ तथा कर्मचारीहरूलाई तत्काल देश छाड्न आदेश दिएको छ । रुसले छिमेकी मुलुक युक्रेनमाथि आक्रमण गरेको र विश्वका धेरै देशहरूले त्यसको विरोध गरिरहेका बेला क्रोएसियाले आफ्नो देशमा रहेका रुसी अधिकारीहरूलाई देश छाड्न आदेश दिएको हो ।

युरोपेली, अमेरिकी लगायतका धेरै देशले आफ्नो मुलुक भित्र रहेका रुसी अधिकारीहरूलाई देश निकाला गर्दै आएका छन् । रुसी अधिकारीहरूले आफ्नो देशमा रहेर कूटनीतिक मर्यादा विपरितका क्रियाकलाप गरेकाले उनीहरूलाई देश निकाला गर्नु परेको ती देशका अधिकारीहरूले जनाएका छन् ।

क्रोएसियाले देश छाड्न आदेश दिएका २४ रुसी अधिकारीहरू मध्ये १८ जना रुसी कूटनीतिज्ञ रहेका छन् भने बाँकी छ जना कर्मचारी रहेका छन् । युक्रेनमाथि युद्ध अपराध नगर्न आग्रह गर्दै आएकोमा रुसले आफूलाई नसुधारेको क्रोएसियाका अधिकारीहरूको भनाई छ । रुसले गत फेब्रुअरी २४ देखि युक्रेनमाथि आक्रमण गरिरहेको छ भने आक्रमणका कारण ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । साथै विश्व अर्थतन्त्र र राजनीतिमा समेत यसले नकारात्मक असर परेको छ ।

 

प्रकाशित: २८ चैत्र २०७८, सोमबार १५:४९

Leave a Reply