No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

लिबियाबाट ४९७ अवैध आप्रवासीको उद्धार

0

आप्रवासन सम्बन्धी एक अन्तर्राष्ट्रिय संस्था (आइओएम) ले लिबियाको सामुद्रिक किनाराबाट उद्धार गरिएका ४९७ जना अवैध आप्रवासीहरु लिबिया फर्किएका बताएको छ । सो संगठनले विज्ञप्ति जारी यस विषयमा जानकारी दिएको हो ।

ती आप्रवासी कागजातबिहीन भएका र सामुद्रिक किनारमा अलपत्र परेका थिए । लिबियाका विभिन्न स्थानबाट उनीहरु अन्यत्रै जान लागेका थिए र उनीहरु कागजात बिहीन अवस्थामा रहेकाले उनीहरुलाई सो संगठनले उद्धार गरेर लिबिया नै फर्काएको थियो । संगठनले सात दिनको अवधिमा उनीहरुलाई उद्धार गरेर फर्काएको थियो ।

कतिपय यी आप्रवासीहरु जबर्जस्ती समुद्र पार गर्न खोज्दा दुर्घटनामा पर्ने गरेका छन् । लिबियाको सामुद्रिक किनाराबाट भाग्न खोज्ने क्रममा गएको वर्षमात्र पनि कम्तीमा पनि ७७ जनाको ज्यान गएको थियो । त्यस्तै गत वर्ष मात्र ३४० जना यस क्रममा बेपत्ता भएका थिए ।उक्त संगठनले यस वर्षमात्र करिब ४ हजार अवैध आप्रवासीलाई उद्धार गरिएको पनि जनाएको छ ।

प्रकाशित: २९ चैत्र २०७८, मंगलवार ०७:४२

Leave a Reply