No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भारतीय राजदूतको विदाइ भोजमा दलका शीर्ष नेताहरु सहभागी

0

काठमाडौँ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको विदाइका अवसरमा मंगलबार राति आयोजना गरिएको रात्रिभोजमा प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरु सहभागी भएका छन् ।

दूतावासले आयोजना गरेको रात्रिभोजमा प्रधानमन्त्री देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायत सहभागी भएका हुन् ।

एमालेकातर्फबाट उपाध्यक्ष सुवास नेम्वाङ, विष्णु पौडेल, विदेश विभाग प्रमुख राजन भट्टराई सहभागी थिए। त्यस्तै गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुनमन्त्री गोविन्द बन्दी लगायत सहभागी भएका थिए ।

त्यस्तै माओवादी नेता वर्षमान पुन, नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र विमलेन्द्र निधि पनि रात्रिभोजमा सहभागी भएका थिए । क्वात्रा भारतको विदेश मन्त्रालयमा सचिव पदमा नियुक्त भएपछि फर्कन लागेका हुन्। आफ्नो बिदाइको अवसरमा उनले मंगलबार साँझ रात्रिभोज आयोजना गरेका थिए।

प्रकाशित: २९ चैत्र २०७८, मंगलवार १७:३१

Leave a Reply