No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

केकी र निक्सको रोमान्समा रानीको ‘म त तिम्रै हुँ’

0

काठमाडौं । केकी अधिकारी र निक्स शर्माको रोमान्समा रानीको ‘म त तिम्रै हुँ’ सार्वजनिक भएको छ । गीतमा मदन घिमिरेको शब्द,मनोज मालेको संगीत रहेको छ । अमेरिकामा रहेर पनि गायन क्षेत्रमा सक्रिय छिन्, रानी शाक्य ।

रानी शाक्यका गीतले दर्शकको माया पनि पाइरहेका छन् । उनै, रानीले गायक प्रकाश तिमिल्सिनासँग मिलेर नयाँ गीत ‘म त तिम्रै हुँ’ बजारमा ल्याएकी छिन् । गीतलाई रोमान्टिक धारमा तयार पारिएको छ ।

गीतको भिडियोमा नायिका केकी अधिकारी र मोडल निक्स शर्माको अभिनय छ । रामेश्वर हुमागाँइको छायाँकन रहेको यो भिडियोमा अनन्त घिमिरेको सम्पादन छ । भिडियोलाई निर्देशक मदन घिमिरेले निर्देशन गरेका हुन् । भिडियोमा मदनले केकी र निक्सको रोमान्टिक केमेष्ट्री देखाएका छन् ।

प्रकाशित: २९ चैत्र २०७८, मंगलवार १७:५१

Leave a Reply