No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बिहारमा ६० फिट लामो पुल चोरीमा संलग्न आठ जना पक्राउ

0

भारतको बिहारमा कवाडीमा बेच्न फलामको पुल चोरी गर्ने आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुल भत्काउने कामको निरीक्षण सिँचाइ विभागकै करारका कर्मचारी अरविन्द कुमारले गरेको आरोप लागेको छ। उनले त्यहाँ सोध्न आउने सबैलाई पुल भत्काउन स्वीकृति रहेको बताउने गरेका थिए ।

पुल चोरीबारे अनुसन्धानको नेतृत्व गरिरहेका वरिष्ठ प्रहरी अधिकारी आशीष भारतीले पक्राउ परेका आठ जनामध्ये अरविन्द पनि एक रहेको जानकारी दिएका छन् । सिँचाइ विभागका अधिकारी राधेश्याम सिंह, भ्यानका मालिक र कवाडी गोदामका मालिकलाई पनि पक्राउ गरिएको छ । अरु चार जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

एरा नहरमाथि सन् १९७६ मा बनाइएको झन्डै ६० फिट लामो र १२ फिट अग्लो फलामको त्यो पुलनजिकै सन् २००० को दशकको सुरुतिर अर्को पक्की पुल बनेको थियो। त्यसपछि पुरानो पुल प्रयोगविहीन थियो । गाउँका बासिन्दा शैलेन्द्र सिंहका अनुसार पुल जीर्ण अवस्थामा थियो । जितेन्द्र सिंहका अनुसार चोरहरूले पुल खोल्नुभन्दा केही दिनअघि मात्रै गाउँका मुखियाले जीर्ण पुलले स्वास्थ्यमा जोखिम बढाएको भन्दै सरकारी अधिकारीहरूलाई पुल भत्काउन लिखित अनुरोध गरेका थिए ।

उनका अनुसार धेरै पटक माथिल्लो भेगबाट बगेर आएका गाईबस्तु र कहिलेकाहीँ मानिसको शव समेत पुलमुनि अड्किएको उनले देखेका थिए । नजिकैको गाउँका पवन कुमारले पुल भत्काउन थालिएको तेस्रो तथा अन्तिम दिन अप्रिल ५ मा पुल खोलिएको थाहा पाएका थिए । प्रहरीले उनीहरुले साथबाट खन्न प्रयोग गरिने एउटा जेसीबी मशीन , काट्न प्रयोग गरिने औजार र त्यसमा प्रयोग हुने ग्यासका सिलिन्डरहरू, एउटा पिकअप भ्यान र २४७ केजी फलाम बरामद गरेको छ ।

प्रकाशित: ३० चैत्र २०७८, बुधबार ०६:२०

Leave a Reply