No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एक हजारभन्दा बढी युक्रेनी सैनिकद्वारा आत्मसमर्पण

0

एक हजारभन्दा बढी युक्रेनी सैनिकले पूर्वी युक्रेनको बन्दरगाह सहर मारिउपोलमा आत्मसमर्पण गरेका रुसको रक्षा मन्त्रालयले जानकारी दिएको छ । ती सैनिकहरुलाई रुसी सेनाले एक महिनाभन्दा बढी समयदेखि घेरामा राखेका थिए ।

मारिउपोल सहरमा एक हजार २६ युक्रेनी सैनिकहरूले स्वेच्छाले हतियार त्यागेर आत्मसमर्पण गरेका मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

प्रकाशित: ३० चैत्र २०७८, बुधबार ०९:५३

Leave a Reply