No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भियतनाममा ५ देखि ११ वर्षका बालबालिकालाई खोप लगाउन सुरु

0

भियतनाममा ५ देखि ११ वर्षसम्मका बालबालिकाहरूलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ । देशको उत्तरी क्षेत्रमा पर्ने क्वाङ निन्ह प्रान्तमा बिहीबार पहिलो खोप लगाएर बालबालिकाहरूको खोप अभियान सुरु भएको हो । पहिलो खोप मोर्डना खोप लगाइएको पनि अधिकारीहरूले जानकारी दिएका छन् ।

सो खोप अष्ट्रेलिया सरकारले प्रायोजन गरेको जनाइएको छ । बिहीबार झण्डै १५० विद्यालयका बालबालिकाहरूलाई खोप लगाइएको पनि अधिकारीहरूले जनाएका छन् । उनीहरूको सङ्ख्या झण्डै एक लाख ८१ हजार रहेको अनुमान गरिएको छ । यसअघि विरामी, अशक्त र जेष्ठ नागरिकहरूलाई उच्च प्राथमिकता दिएर खोप अभियान चलाइएको थियो ।

प्रकाशित: १ बैशाख २०७९, बिहीबार १४:२८

Leave a Reply