No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

हेम्जा युनाईटेड बन्यो ‘कास्की लिग च्याम्पियन’

0

कास्की । हेम्जा युनाईटेड क्लब पोखरामा सञ्चालन भएको ‘कास्की लिग फुटबल’ च्याम्पियन बनेको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कास्कीको आयोजनामा सम्पन्न ‘कास्की लिगकम नकआउट’ फुटबल प्रतियोगितामा हेम्जा युनाईटेड क्लब च्याम्पियन बनेको छ ।

यही चैत २१ गतेदेखि सञ्चालन भएको लिगको पोखरा रङ्गशालामा बिहीबार भएको फाइनल खेलमा शितल ज्योति युवा क्लबलाई टाइब्रेकरमा ३–० गोल अन्तरले हराउँदै युनाईटेड क्लब च्याम्पियन बनेको हो ।

उपाधि जितेको हेमजा युनाईटेड क्लबले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद  ७५ हजार प्राप्त गर्यो भने उपविजेता शितलज्योतिले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद ५० हजारमा चित्त बुझायो ।

विजेता टोलीले पोखरामा हुने दोस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा सिधैँ भाग लिन पाउने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए । प्रतियोगितामा एन्फा कास्कीमा दर्ता रहेका जिल्लाभरका कुल २२ टिमको सहभागिता थियो ।

प्रकाशित: १ बैशाख २०७९, बिहीबार १६:५५

Leave a Reply