No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

थप १४ जनामा सङ्क्रमण पुष्टि

0

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप १४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो अवधिमा तीन हजार ९०३ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ लाख ७८ हजार ६४८ पुगेको छ । एन्टिजेन परीक्षण विधिबाट सङ्क्रमितको सङ्ख्या एक लाख ४० हजार ६४८ रहेको छ । पछिल्लो समय थप ५५ जना सङ्क्रमणमूक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार २५९ पुगेको छ ।

यो दर ९८ दशमलव ७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो समय कारोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा कोभिड सङ्क्रमणका कारण हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ ।

त्यसैगरी, पछिल्लो समय सात हजार ७९४ले खोप लगाएको पनि मन्त्रालयले जनाएको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४३८ रहेको छ । अहिले होम आइसोलेशनमा ४५५ रहेका छन् । त्यसैगरी संस्थागत आइसोलेशनमा १९ र होम आइसोलेशनमा ४१९ रहेका छन् । भेन्टिलेटरमा एक जना र आइसियूमा नौ जनाले उपचार गराइरहेको मन्त्रालयले जनाएको छ ।

 

प्रकाशित: २ बैशाख २०७९, शुक्रबार १३:३७

Leave a Reply