No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

स्थानीय निर्वाचन प्रणाली, सुशासन र विकास

0

ठाकुर पोखरेल ।

स्थानीय निर्वाचनबाट निर्वाचित जन प्रतिनिधिका कतिपय बाध्यता ५ वर्ष को कार्यकाल भित्र नितिगत भ्रष्टाचारमा संलग्न हुनै पर्ने परिस्थिति, महङ्गो चुनाव प्रणाली, खर्चको होडबाजी र अर्को चुनावका लागि धन जोगाहट परिस्थिति आउनुमा निर्वाचन प्रणाली र दलिय स्वार्थको राजनीति मूल कारण हो !
—————————————————————–
जबसम्म स्थानीय तहको निर्वाचन प्रणालि स्वतन्त्र हैसियतमा उम्मेद्वार बन्ने, बनाउने विधि अवलम्बन गरिदैन तबसम्म दलिय स्वार्थका चुनाव जित्ने जनप्रतिनिधिले नितिगत भ्रष्टाचार गर्न छोड्दैनन् दलको आढमा हुने भ्रष्टाचार र बेरुजु कै कारण यो ५ वर्ष संघियताको परिक्षण धेरै नै बिबादित तथा मनोपोली देखियो । संघीय र प्रदेश सदन सदस्यका लागि दलिय आवरण तथा लोगों बाट प्रतिस्पर्धा गर्ने गराउने विधिको चुनाव प्रणाली बाट पूर्ण समानुपातिक समावेशी प्रतिनिधित्व छान्ने निर्वाचन हुनु पर्छ भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र विषयगत मन्त्री मण्डल गठन हुने प्रावधान हुनुपर्छ अनि मात्र समुन्नत नेपाल, अपनत्व सहितको राष्ट्र बन्दछ । यसो हुँदा स्थानीय तहमा दलको आढमा नितिगत भ्रष्टाचार हुदैँन र क्षमतावान र सामाजिक दाइत्व बोध भएको ब्यक्तिले मात्र चुनाव जित्ने हुदाँ जनउत्तरदायी स्थानीय निकाय सरकार बन्ने हुन्छ । बरु स्थानीय तहमा पनि समानुपातिक समावेशी प्रतिनिधित्वका लागि राष्ट्रिय मान्यता प्राप्त दलको सिफारिसमा दलिय प्रतिनिधिको अलग संम्यन्त्र बनाउन सकिने जसको भूमिका ससक्त खबरदारी गर्ने होस्। यस्तो प्रकारको निर्वाचन प्रणालि बाट मात्र नेपाली समाजको आफ्नै मौलिकताको संघियता कार्यान्वयन हुन्छ।

तर हाम्रो देशमा खिचडी किसिमको , नेपाली समाज र देशको प्राकृतिक बनावट लाई ख्याल नगरी अप्नाइएको चुनाव प्रणाली र जनप्रतिनिधि छान्ने तरिकाले संघियता, सुशासन, समानता समावेशीता,समृद्धि हुदै समुन्नत समाजवाद कसरी बन्छ र खै ?

अल्बर्ट आइन्सटाईनले भनेका छन्, “एउटै कुरा बारम्बार दोहोर्याएर फरक नतिजाको अपेक्षा गर्नु भनेको पागलपन हो ” तसर्थ अब ती भ्रष्टचारको आहालमा चुर्लुम्मै डुबेका नेताहरूले फेरि पनि देश बनाउँछन कि भन्नेमा पागलपन मात्र! सत्यता छैन। विश्वास गर्ने आधार गुमि सकेको छ। ती बकवास छोडेर नयाँ नतिजाको लागि एक पटक नयाँ अनुहारलाई विस्वास गरौं। आजसम्म यो वाद र ऊ वाद भनेर जनतालाई झुक्याए राष्ट्र चुषकहरुले सिङ्गो देश नै बर्बादी पारे ! हुन ता बिस्तारै जनताको सोच बदलिदै पनि छ निरन्तर भेटघाट, छलफल तथा अन्तरक्रिया कार्यक्रम भैरहेको छ। ढिलो चाँडो ब्यावस्था परिवर्तनको माध्यम वा संविधानमा सुधार हुन्छ होला ? तर अहिलेको अवस्थामा सदाबहार एउटै शब्दजालका नेतृत्व बाट सिङ्गो नेपाल राष्ट्रको हितमा संघियताले पूर्णता पाएकै छैन।

प्रकाशित: ४ बैशाख २०७९, आईतवार ०६:१३

Leave a Reply