No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

भरतपुर महानगरनै चाहिन्छ भनेको छैनः प्रचण्ड

0

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचन कुनै हालतमा नसर्ने बताएका छन् । सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले वैशाख ३० गते नै निर्वाचन हुने बताएका हुन् । उनले संचारमाध्यममा निर्वाचन सर्ने कुरा अनुमानको भरमा आएको बताए ।

उनले भने, ‘आम मतदातालाई अपील गर्न चाहन्छु, निर्वाचन वैशाख ३० गते नै हुन्छ । त्यसको तयारीमा आ आफ्नो ठाउँबाट सहयोग गर्न योगदान गर्न सबैसँग आग्रह गर्दछु।’ प्रचण्डले गठबन्धनका दलहरुबीच साझा सहमति नजुटे मिल्ने दलहरुबीच गठबन्धन हुने बताए । प्रचण्डले पार्टीले भरतपुर महानगर नभई हुन्न नभनेको बताए ।

६ महानगरमध्ये माओवादीले कम्तिमा एक महानगर पाउनुपर्ने उनले बताए । उनले भने, ‘भरतपुर नभई भएन भनेको छैन। रेनु नभई भएन भन्ने अडान होइन । ६ वटा महानगरमा एउटा माओवादीलाई पर्ला। काठमाडौं वा विराटनगर भए पनि हुन्छ।’

प्रकाशित: ५ बैशाख २०७९, सोमबार ०८:४७

Leave a Reply