No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सत्तारुढ गठबन्धनको बैठक निष्कर्षविहीन

0

काठमाडौं । महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरको भागबण्डाबारे छलफल गर्न बसेको सत्तारुढ गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ । महानगर र उपमहानगरको सिट बाँडफाँटको सहमति गर्ने बताइपनि सोमबार साँझको बैठक पनि विना निष्कर्ष टुंगिएको हो ।

बिहान बसेको बैठक साँझ सहमति गर्ने गरी टुंगिएको थियो । बैठकमा विभिन्न विकल्पहरूमाथि छलफल भएपनि निष्कर्ष ननिस्केको माओवादी केन्द्रका नेता देव गुरुङले जानकारी दिए । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठक निष्कर्ष नजिक पुगेको र मंगलबार फेरि बैठक बस्ने जानकारी दिए । सहमतिका लागि गठबन्धनको बैठक दिनहुँ बसेपनि दलहरुको आ आफ्नै अडानका कारण बाँडफाँटको टुंगो लागेको छैन ।

प्रकाशित: ५ बैशाख २०७९, सोमबार १३:२४

Leave a Reply