No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘सम्झना बिर्सना’को ट्रेलर सार्वजनिक

0

काठमाडौं । निमेष प्रधान निर्देशित सिनेमा ‘सम्झना बिर्सना’को ट्रेलर सार्वजनिक गरिएको छ । सिनेमा आगामी जेष्ठ ६ गतेबाट नेपालभरका सिनेमा घरमा रिलिज हुनेछ । बुढासुब्बा डिजिटल मार्फत ट्रेलर सार्वजनिक गरिएको छ ।

दार्जिलिङ, सिक्किम र नेपालको जीवन पद्दतिको प्रेमकथामा आधारित भएर निर्माण भएको सिनेमालाई आदित्य प्रधान र रेविका प्रधानले निर्माण गरेका हुन् । सिनेमाको कथा निर्देशक प्रधान स्वयंले लेखेका हुन् । सुनिल थापा, शिशिर राणा, छुल्ठिम गुरुङलगायतको पनि अभिनय रहेको सिनेमा आदित्य फिल्मस्को ब्यानरमा निर्माण भएको हो ।

शिशिर राणा र निमेष प्रधानले मिलेर सिनेमाको पटकथा तथा संवाद लेखेका हुन् । कोरोना महामारीअघि सिलिगुडी, दार्जिलिङ र सिक्किम क्षेत्रमा छायाँकन भएको सिनेमामा शिव ढकालको छायाँकन, तारा थापा ‘किम्भे’को सम्पादन र कमल राईको कोरियोग्राफी छ फिल्मको बितरकको जिम्मा आरआर फिलिम्स रोहित रत्नले लिएका हुन् ।

प्रकाशित: ६ बैशाख २०७९, मंगलवार ०२:३४

Leave a Reply