No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सयपत्र फूलको मालो म होइन, मञ्च सजाउन नबोलाउनु मलाई !

0

ताली बजाउन नबोलाउनु मलाई
थाली बजाउन नबोलाउनु मलाई !

घोचो हुँ बाली जोगाउने बारको
बाली बजाउन नबोलाउनु मलाई !

सयपत्र फूलको मालो म होइन
मञ्च सजाउन नबोलाउनु मलाई !

छातीमा देश नहुनेले लेखेको
गाना भजाउन नबोलाउनु मलाई !

तिम्रो लाज छोप्ने न त टालो नै हुँ
इज्जत बचाउन नबोलाउनु मलाई !

छ कि थाहा छैन ? म पाचक होइन
खाएको पचाउन नबोलाउनु मलाई !

सिटामोल हुँ म सकिने खाएपछि
बिरामी बचाउन बोलाउनु मलाई !

अर्जुन पराजुली ।

प्रकाशित: ६ बैशाख २०७९, मंगलवार ०३:२३

Leave a Reply