No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रुसले आक्रमण चर्काएपछि पश्चिमा देशले युक्रेनलाई थप हतियार पठाउने

0

रुसले पूर्वी युक्रेनमा आक्रमण बढाएपछि युक्रेनका साझेदार मुलुकहरूले किएभलाई थप हतियार पठाउने प्रतिबद्धता जनाएका छन् । पश्चिमा नेताहरूबीच एउटा भिडियो कलमार्फत् भएको ९० मिनेट लामो कुराकानीका क्रममा अमेरिका र अन्य देशले गोलाबारुद, ट्याङ्कभेदी र हवाई प्रतिरक्षा सामग्री लगायतका सैन्य सहायता उपलब्ध गराउने वाचा गरेका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्नो देशले गोलाबारुदसहित अतिरिक्त अस्त्रहरू दिने बताएका छन् । बाइडन प्रशासनले युक्रेनका लागि थप ८० करोड डलर बराबरको सैन्य सहायता घोषणा गर्ने योजना बनाएको बताइएको छ ।

त्यसैगरी जर्मन चान्सलर ओलाफ शोल्जले ट्याङ्कभेदी तथा हवाई प्रतिरक्षा सामग्री खरिदका लागि युक्रेनलाई रकम उपलब्ध गराउने वाचा गरे । ब्रिटेनले चाहिँ पानीजहाजभेदी क्षेप्यास्त्र किएभ पठाउँदैछ ।

रुसले पूर्वी युक्रेनमा ताजा हमला थालेपछि प्रतिरक्षाका लागि सैन्य सहायता बढाउन युक्रेनले आफ्ना साझेदार देशहरूलाई आग्रह गरेको छ। युक्रेनका अनुसार सोमबारयता रुसी फौजले ४८० किलोमिटर क्षेत्रमा रहेका युक्रेनी अखडाहरूलाई निशाना बनाइरहेका छन् । यसअघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले डोन्बासमा हमलाका लागि रुसले ठूलो सङ्ख्यामा आफ्ना फौज संलग्न गराएको बताएका थिए।

प्रकाशित: ७ बैशाख २०७९, बुधबार ०२:३७

Leave a Reply