No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गभर्नर र अर्थमन्त्री व्यक्तिगतभन्दा पनि संस्था हो, कुनै समस्या छैनः गभर्नर अधिकारी

0

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बुधबारदेखि काममा फर्किएका छन् । सर्वोच्च अदालतले अधिकारीलाई निलम्बन गर्ने मन्त्रिपरिषद्को चैत २४ को निर्णय तत्काल कार्यान्वयन नगर्न मंगलबार आदेश दिएपछि अधिकारी बुधबारदेखि फेरि काममा फर्किएका हुन् ।

अधिकारीलाई राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा कर्मचारीहरूले स्वागत गरेका थिए। अधिकारीको निलम्बनका विषयमा छलफल गर्न सर्वोच्चले वैशाख १३ गते दुबै पक्षलाई बोलाएको छ ।

अदालतको आदेशपछि बैंकको काममा फर्किएका गभर्नर अधिकारीले अर्थमन्त्री जनार्दन शर्मासँग व्यक्तिगत रुपमा केही समस्या नरहेको बताए । गभर्नर र अर्थमन्त्री भन्ने व्यक्तिगतभन्दा पनि संस्था भएको भन्दै उनले अहिले विकास भएको घटनाक्रमबाट काममा प्रभाव पर्न नदिन सतर्क रहेको बताए।

प्रकाशित: ७ बैशाख २०७९, बुधबार ०७:१७

Leave a Reply