No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि आर्मीलाई

0

कैलाली । मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मी क्लबले जितेको छ । बुधबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो ।

आर्मीले एपिएफलाई ४०–१६ ले हरायो । कैलाली जिल्ला कबड्डी सङ्घको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले एक लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ । उपविजेता एपिएफले ८० हजारमा चित्त बुझाएको छ । सेमिफाइनल पुगेका दुई टोली सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशले तेस्रो स्थान प्राप्त गरेका छन् ।

दुवै टोलीले ४०/४० हजार रुपैयाँ प्राप्त गरेका छन् । सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रवद्र्धक रहेको प्रतियोगिताका विजयी खेलाडीहरुलाई एक कार्यक्रमबीच सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री गोविन्द बोहोराको प्रमुख आतिथ्यतामा पुरस्कार वितरण गरिएको हो ।

प्रकाशित: ७ बैशाख २०७९, बुधबार १६:२२

Leave a Reply