No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

युक्रेनी शहर मारिऊपोल कब्जामा लिने प्रयासमा रुस

0

घेराबन्दीमा रहेको युक्रेनी बन्दरगाह शहर मारिऊपोल रुसको नियन्त्रणमा जाने सम्भावना बढ्न थालेको छ । मारिऊपोललाई लिएर रुससँग निःशर्त विशेष चरणको वार्ता गर्न आफूहरू तयार रहेको युक्रेनी वार्ताकार मिखाइलो पोदोलियाकले बताएका छन् ।

आफ्ना सैनिक, सर्वसाधारण, बालबालिका र घाइते लगायतलाई बचाउन आफूले वार्ताको प्रस्ताव गरेको उनले बताएका छन् । लडाइँका कारण हप्तौँदेखि फसिरहेका कतिपय मानिसहरू बुधवार मारिऊपोलबाट निस्कन पाएका छन् ।

तर सुरक्षित रूपमा निस्कन पाएका मानिसहरूको सङ्ख्या अपेक्षा गरिएको भन्दा निकै नै कम रहेको युक्रेनी अधिकारीहरूले बताएका छन् । रुसी गणतन्त्र चेचन्याका नेता रमजान कादिरोभले बिहीबार दिउँसोसम्म रुसले मारिऊपोललाई नियन्त्रणमा लिइसक्ने बताएका छन् ।

एकजना युक्रेनी मरिन कमाण्डरले आफूहरू अपर्याप्त सङ्ख्यामा रहेको, आपूर्तिका सामान सकिरहेको र अन्तिम दिन अथवा घण्टामा पुगेका बताएका छन् । आठ साताअघि आक्रमण थालेको रुसले मारिऊपोललाई नियन्त्रणमा लिनसके त्यो उसको कब्जामा पुग्ने सबैभन्दा ठूलो युक्रेनी शहर हुनेछ ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले मारिऊपोलको अवस्थालाई साँच्चिकै डरलाग्दो भनेका छन् । उनले बाहिर निस्कन सक्ने सबैलाई मानव निकासमार्ग भएर निस्किहाल्न अपील समेत गरेका छन् ।

प्रकाशित: ८ बैशाख २०७९, बिहीबार ०२:४९

Leave a Reply