No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

वीरगंजमा एमाले र लोसपाबीच चुनावी गठबन्धन

0

वीरगंज । वीरगंजमा महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच चुनावी गठबन्धन गर्ने सहमति भएको छ । नगर प्रमुख एमालेलाई र उपप्रमुख लोसपालाई दिने गरी उनीहरुले सहमति गरेका हुन् ।

तालमेल सम्बन्धी सम्झौता पत्रमा नेकपा एमाले पर्सा जिल्ला अध्यक्ष जयप्रकाश थारु र लोसपा जिल्ला अध्यक्ष पुरुषोत्तमलाल झाले हस्ताक्षर गरेका छन् । सत्ता गठबन्धनको तर्फबाट भने वीरगंज महानगरपालिकाको मेयर जनता समाजवादी पार्टी (जसपा) र उपमेयर नेपाली कांग्रेसको भागमा परेको छ ।

प्रकाशित: ८ बैशाख २०७९, बिहीबार ०४:५५

Leave a Reply