No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गद्दी बैठक खोलेपछि हनुमानढोका दरबार क्षेत्रमा बढे विदेशी आगन्तुक

0

काठमाडौं । गद्दी बैठक खुलेपछि हनुमानढोका दरबार क्षेत्रमा नेपालस्थित विदेशी कूटनीतिक नियोगका अधिकारीको भ्रमण बढ्न थालेको छ ।
गत चैत १५ गते गद्दी बैठक सर्वसाधारणका लागि खुला गरिएको थियो । खुला भएपछि बिहीबार नेपालका लागि फ्रेञ्च राजदूत जिलेज बोरबाओले अवलोकन भ्रमण गरेका हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।

उनले ग्यालरी, नासलचोक, तस्बिर प्रदर्शनी कक्ष, गहना प्रदर्शनी कक्षलगायत मठ, मन्दिरको अवलोकन गर्नुभएको कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए । एक साताअघि नेपालका लागि चिनियाँ राजदूतले पनि हनुमानढोका दरबार क्षेत्रको भ्रमण गरको उनले बताए । चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमण टोलीमा आएका वाणिज्य तथा आपूर्ति मन्त्रीले पनि यस क्षेत्रको भ्रमण गरेसँगै धेरै विदेशी पर्यटकको लर्को यहाँ लाग्न थालेको छ ।

चैत महिनामा एक हजार ३६ विदेशी पर्यटकले हनुमानढोका दरबार क्षेत्रको भ्रमण गरेका थिए । यसबाट कार्यालयले तीन लाख १० हजार ८०० रुपैयाँ टिकट बिक्रीबाट शुल्क उठाएको जनाइएको छ । यस अवधिमा १२ हजार ६० जना स्वदेशीले हनुमानढोका दरबार क्षेत्रको अवलोकन गरेका छन् । हनुमानढोका दरबार क्षेत्रमा स्वदेशीका लागि ३०, विद्यार्थीका लागि रु १५ र विदेशीका लागि ३०० रुपैयाँ शुल्क तोकिएको कार्यालयले जनाएको छ ।

प्रकाशित: ८ बैशाख २०७९, बिहीबार १४:०४

Leave a Reply