No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

0

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको उम्मेदवारीबारे छलफल गर्न बैठक बस्न लागेको हो ।

पार्टी केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो २ बजे बस्ने बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई कांग्रेसले अनुरोध गरेको छ ।

यसैबीच, नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन उपसमिति गठन गरेको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि विभिन्न उपसमिति गठन गरेको हो ।

पार्टीका केन्द्रीय सदस्यहरु सुरेन्द्रराज पाण्डेलाई भ्रातृ सङ्घ समन्वय एवं परिचालन उपसमितिको संयोजक, मीनबहादुर विश्वकर्मालाई आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमितिको संयोजक, प्रदीप पौडेललाई अनुगमन, मूल्याकङ्न तथा सुपरीवेक्षण उपसमितिको संयोजक, मदनबहादुर अमात्यलाई शुभेच्छुक संस्था समन्वय एवं परिचालन उपसमिति संयोजकको जिम्मेवारी दिएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसैगरी उदयशमशेर राणालाई विदेशस्थित नेपाली जनसम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिको संयोजक, जीतजङ्ग बस्नेतलाई जिल्ला सम्पर्क समिति समन्वय एवं परिचालन उपसमितिको संयोजक र रामहरि खतिवडालाई निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिको संयोजकको जिम्मेवारी प्रदान गरिएको कांग्रेसले जनाएको छ ।

प्रकाशित: ९ बैशाख २०७९, शुक्रबार ०३:१७

Leave a Reply