No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

हेटौंडामा मदन-आश्रितको शालिक तोडफोड

0

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–९ मा निर्माण हुँदै गरेको दिव्य बाल उद्यानमा रहेको मदन भण्डारी र जिवराज आश्रितको शालिक तोडफोड भएको छ ।

गएराति अज्ञात समूहले पार्कमा रहेको मदन-आश्रितको शालिक तोडफोड गरेको हेटौंडा–९ का वडाध्यक्ष तथा पार्क व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार बिहान पार्कमा आएका स्थानीयले शालिक तोडफोड भएको देखेपछि पार्क व्यवस्थापन समितिलाई खबर गरेका थिए ।

पार्कमा रहेका अन्य संरचना भने यथावत रहेको भएपनि मदन भण्डारीको शालिकको शिर भाँचेर केही तल खोलामा फालिएको र आश्रितको पूरै शालिक उखेलेर फालिएको अवस्थामा रहेको उनले बताए । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा राजनीतिक पूर्वाग्रह राखेर यस्तो घटना घटाइएको भण्डारीले आरोप लगाए ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रमुख प्रहरी निरीक्षक अविनाश अधिकारी सहितको टोलीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित: ९ बैशाख २०७९, शुक्रबार ०४:३०

Leave a Reply