No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अमेरिकाले थप ८० करोड डलर बराबरको सैन्य सहायता युक्रेन पठाउने

0

अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनलाई ८० करोड डलर बराबरको थप सुरक्षा सहायता प्रदान गर्ने घोषणा गरेका छन् । बाइडनका अनुसार उक्त सहायतामा हतियार, गोलाबारूद र रणनीतिक ड्रोनलगायत समावेश हुनेछन् ।

उक्त सहायता सीधा स्वतन्त्रताको अग्रपङ्क्तिमा पठाइने बाइडनले बताएका छन् । यद्यपि उक्त सैन्य सहायता युक्रेन पुग्नमा विलम्ब हुनसक्ने युक्रेनी उपरक्षामन्त्रीले चेतावनी दिएका छन् । ट्याङ्क भेदी ज्याभेलिन अस्त्रहरूको सन्दर्भमा बोल्दै यसै साता बाइडनले कहिलेकाहीँ हामी नरम बोल्छौँ तर ठूलो ज्याभेलिन बोक्छौँ किनकि हामीले तीमध्ये धेरैलाई युक्रेनमा पठाउँदैछौँ भनेका थिए ।

युद्ध सुरु भएयता युक्रेनी फौजले ज्याभेलिन अस्त्रको प्रयोग गरेर कैयन् रुसी ट्याङ्क ध्वस्त पारेका विवरण आएका थिए । गत फेब्रुअरी २४ मा रुसी हमला भएयता अमेरिकाले तीन अर्ब डलर भन्दा बढीको सैन्य सहायता युक्रेन पठाइसकेको छ।

प्रकाशित: ९ बैशाख २०७९, शुक्रबार ०४:४६

Leave a Reply