No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

वीरगञ्जकोे विकाश गर्न एमालेको नेतृत्व आवश्यक : सरावगी

0

प्रकाश तिवारी, वीरगञ्ज । वीरगञ्जकोे विकाश गर्न एमालेको नेतृत्व आवश्यक पर्ने भएकोले सुर्यमा मतदान गर्न महानगरप्रमुख विजय कुमार सरावगीले आग्रह गरेका छन् ।

वीरगञ्ज महानगरपालिका ७ मा आयोजित पार्टी प्रवेश तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सरावगीले परिर्वतन गर्न सुर्यमा भोट दिने आग्रह गरे ।वीरगञ्जमा आफू निर्वाचित भएर आएपछि स्वास्थ्य, शिक्षा, सडक पूर्वाधार, सरसफाई जस्ता विकास कार्यलाई दु्रतगतिमा अगाडि बढाई वीरगञ्जवासीको जीवनलाई सहज, सुलभ बनाउने प्रयास गरेकै कारण अहिले केही तत्वहरु आफूलाई हत्कडी लगाउने धम्की दिँदै हिँडेको बताए । उनले राजनीतिमा छाडापन बढेको चर्चा गदै छद्मभेषीसंग सजग रहनु पर्नेमा जोड दिए ।

उनले राजनीतिको खोल ओडेर बाउन्सरिङ गर्ने गुण्डागर्दी गर्दै हिँड्दै गरेको आरोप लगाए । यसैगरि विभिन्न पार्टीका दर्जनौं नेता तथा कार्यकताहरु आज एमाले प्रवेश गरेका छन् । नवप्रवेश नेताहरुलाई मेयर सरावगीले फुलमाला लगाई स्वागत गरेका थिए ।

प्रकाशित: ९ बैशाख २०७९, शुक्रबार ०७:०९

Leave a Reply