No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मेयरमा उम्मेदवारी दिन उपसचिवबाट राजीनामा

0

काठमाडौँ । स्थानीय तह निर्वाचनमा मेयरमा उम्मेदवारी दिन नेपाल सरकारका उपसचिव विष्णुप्रसाद भुसालले पदबाट राजीनामा दिएका छन् । यही वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसबाट पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा मेयर पदमा उम्मेदवार बन्न भुसालले उपसचिव पदबाट राजीनामा दिएका हुन् ।

सङ्घीय मन्त्रालयमा कार्यरत भुसालले शुक्रवार आफूले उपसचिव पदबाट राजीनामा दिएर चुनावी तयारीमा होमिएको जानकारी दिए । २२ वर्ष निजामती सेवामा बिताएका भुसाल ९ वर्षदेखि उपसचिव पदमा कार्यरत रहँदै आएका थिए । नेपाली काङ्ग्रेसबाट उम्मेदवार हुन लागेका भुसाल देवचुली नगरपालिकाका स्थायी बासिन्दा हुन् ।

निजामतीमा आउनुअघि गाउँमा शिक्षणसमेत गरेका उनी यसअघि त्यही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमासमेत काम गरिसकेका छन् । २०७५ देखि २०७७ को बिचमा करिब डेढ वर्ष उनले त्यहाँ काम गरेका थिए ।

स्थानीय मतदाताको आग्रहअनुसार उपसचिवबाट राजीनामा दिएर पार्टी राजनीतिमा आएको बताए । उनले आफ्नो अध्ययनको विषय पनि विकास प्रशासन नै भएको र अनुभवसमेतका आधारमा धेरै काम गर्न सकिने बताए ।

प्रकाशित: ९ बैशाख २०७९, शुक्रबार ०७:२१

Leave a Reply