No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जिम्बावेविरुद्धको खेलका लागि राष्ट्रिय टोली घोषणा

0

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले जिम्बावेविरुद्ध तीन एकदिवसीय र तीन टी ट्वान्टी क्रिकेट खेलका लागि शुक्रबार राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ ।

क्यानले उक्त प्रतियोगिताका लागि सन्दीप लामिछानेको कप्तानीमा २३ सदस्यीय राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको हो । कप्तान लामिछानेसँगै नेपाली टोलीमा दीपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, आरिफ शेख, आसिफ शेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो र अदिल अन्सारी छन् ।

त्यसैगरी भीम सार्की, सुशन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, विक्रम सोब र सुनिल धमला रहेका छन् ।

नेपाल र जिम्बावे ‘ए’ बीचको सिरिज यही वैशाख १७ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । एकदिवसीय सिरिज वैशाख १७ देखि २१ सम्म चल्नेछ भने टी–ट्वान्टी सिरिज वैशाख २३ देखि २६ गतेसम्म चल्नेछ ।

प्रकाशित: ९ बैशाख २०७९, शुक्रबार ०८:१६

Leave a Reply