No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पर्साका जनप्रतिनिधि गाडी फिर्ता गर्दै

0

वीरगञ्ज । पर्साका विभिन्न नगरपालिका, गाउँपालिका प्रमुखहरुले आफूहरुले प्रयोग गर्ने गरेको सरकारी सवारी फिर्ता गर्न थालेका छन् ।यसै क्रममा शुक्रबार पोखरीया नगरपालिकाका नगर प्रमुख दिपनारायन रौनियारले नगरपालिकाका जिन्सी प्रमुख मनोज कुमार साहलाई आफूले प्रयोग गर्ने गरेको ना. १ झ १६२४ नम्बरको स्कर्पियोको साँचो हस्तान्तरण गरेका छन् ।

चुनाव नजिक आइसकेको अवस्थामा अबका दिनमा सरकारी गाडी प्रयोग गर्न नमिल्ने बताउंदै उनले गाडी फिर्ता गरेका हुन् । गत स्थानीय निर्वाचनमा नेपाली जनता दलबाट चुनाव लडेर मेयर बनेका रौनियार यसपाली नेपाली कांग्रेसबाट पोखरिया नगरपालिकाको मेयर पदका लागि पुनः चुनावी मैदानमा छन् ।

यसैगरी पोखरिया नपा वडा नम्बर ४ का वडा अध्यक्ष लक्ष्मण साह कानु समेतले आफुले प्रयोग गरेको मोटरसाईकल फिर्ता गरेका छन् ।

प्रकाशित: ९ बैशाख २०७९, शुक्रबार ११:३१

Leave a Reply