No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अफगानिस्तानको मस्जिदमा अर्को विस्फोट, कम्तीमा २५ जनाको मृत्यु

0

अफगानिस्तानमा फेरि अर्को विस्फोटनको घटना भएको छ । कुन्दुज प्रान्तमा रहेको एउटा मस्जिदमा भएको विस्फोटनमा परी कम्तीमा २५ जनाको मृत्यु भएको हो ।

घटनामा पनि अरु झण्डै ४० जना घाइते भएका प्रारम्भिक विवरण प्राप्त भएको अधिकारीहरुले जानकारी दिएका छन् । हरेक शुक्रबार हुने प्राथना सकिएको केही समयमै मस्जिदमा विस्फोट भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । स्थानीय समयअनुसार शुक्रबार दिउँसो विस्फोट भएको हो । घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ ।

घटनामा परी घाइते भएका मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने स्वास्थ्यकर्मीले बताएका छन् । यसअघि गत बिहीबार भएको विस्फोटनको घटनामा परी ३४ जनाको मृत्यु भएको थियो भने ८० जना घाइते भएका थिए ।

प्रकाशित: ९ बैशाख २०७९, शुक्रबार १६:२३

Leave a Reply