No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बुटवल उपमहानगरमा एमाले र राष्ट्रिय जनमुक्ति पार्टी बीच चुनावी तालमेल

0

बुटवल । आसन्न स्थानीय तह निर्वाचनमा बुटवल उपमहानगरपालिकामा नेकपा एमाले र राष्ट्रिय जनमुक्ति पार्टीबीच सहकार्य गर्ने सहमति भएको छ । सहमति अनुसार उपमहानगर प्रमुख र उपप्रमुखसहित सबै वडाध्यक्ष समेत ८६ पदहरूमा राष्ट्रिय जनमुक्तिले एमालेलाई समर्थन गर्नेछ ।

यस्तै, ११ सदस्यको पदमा एमालेले राष्ट्रिय जनमुक्तिका उमेदवारलाई समर्थन गर्ने सहमति भएको छ । योसँगै निर्वाचन कार्यालय स्थापना, प्रचारप्रसारलगायत स्थानीय निर्वाचनसँग सम्बन्धित सबै काम दुवै पार्टीले संयुक्त रूपमा सञ्चालन गर्ने सहमति भएको जनाइएको छ ।

प्रकाशित: १० बैशाख २०७९, शनिबार ११:४१

Leave a Reply