No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

इयुद्वारा हानीकारक अनलाइन सामग्रीविरुद्ध लड्न नयाँ कानूनमा सहमति

0

युरोपेली काउन्सिलले घृणायुक्त भाषण, विकृत सूचना र अन्य हानिकारक अनलाइन सामग्री विरुद्ध लड्न नयाँ कानूनमा युरोपेली संसदसँग अस्थायी राजनीतिक सहमति गरेको छ ।

डिजिटल सर्भिस एक्ट डीएसए नाम दिइएको उक्त कानूनले डिजिटल स्पेसलाई गैरकानूनी सामग्रीको फैलावटबाट जोगाउने र प्रयोगकर्ताहरूको मौलिक अधिकारहरूको सुरक्षा सुनिश्चित गर्ने उद्देश्य राखेको छ ।

काउन्सिल र संसद्का वार्ताकारहरूले इन्टरनेटलाई युरोपेली नागरिकहरूका लागि सुरक्षित ठाउँ बनाउन नयाँ नियमहरूको लागि अस्थायी पाठमा सहमति जनाएपछि यो सम्झौता भएको हो ।

शुक्रबारदेखि शुरु भएको वार्ता शनिबार बिहानसम्म चलेको थियो । . अस्थायी राजनीतिक सम्झौता कानून लागू हुनु अघि युरोपेली काउन्सिल र युरोपेली संसदले स्ट्याम्प लगाउनुपर्नेछ।

प्रकाशित: ११ बैशाख २०७९, आईतवार ०३:४०

Leave a Reply