No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपालमा जलवायु परिवर्तनका असरबारे अमेरिकी उच्चस्तरीय संसदीय टोलीको चासो

0

काठमाडौं । नेपाल भ्रमणमा रहेको अमेरिकी उच्चस्तरीय संसदीय टोली जलवायु परिवर्तनका असरहरुबारे बुझ्न हाइकिङमा निस्किएको छ । टोलीले इसिमोडको नलेज पार्कमा हिमाली क्षेत्रका समुदायहरूको पर्यावरणीय तथा आर्थिक विकासका लागि विकसित गरिएका दीर्घकालीन प्रविधीहरूको अवलोकन समेत गरेका छन् ।

जलवायु परिवर्तनका असरहरू र पर्यावरणमा त्यसले पार्ने प्रभाव बारे बुझ्नु र ती विषयहरूको सम्बोधन र समाधानका लागि हुने प्रयासहरूको नेतृत्व गर्नु अमेरिकी सरकारको मुख्य प्राथमिकतामध्ये एक रहँदै आएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ ।

काठमाडौं उपत्यकाको एक भागमा छोटो हाइकिङमा सहभागी भइ उनीहरुले नेपालमा जलवायु परिवर्तनका प्रभाव र त्यसलाई कम गर्नको लागि भएका प्रयासहरू बारे जानकारी लिएका थिए । सिनेटर किर्स्टन जिलीब्रान्डको नेतृत्वमा रहेको टोलीमा सिनेटरहरू शेल्डन व्हाइटहाउस, कोरी बुकर, मार्क केली र प्रतिनिधीसभा सदस्य मोन्डेयर जोन्स सामेल छन्।

नेपाल–अमेरिका सम्बन्धको ७५ औं वर्ष मनाउने पूर्वसन्ध्यामा यो उच्चस्तरीय भ्रमण दुई देशबीचच रहेको आपसी लोकतान्त्रिक मान्यता, जनस्तरको सम्बन्ध तथा गहिरो कूटनीतिक साझेदारीको प्रमाण रहेको दूतावासले जनाएको छ ।

प्रकाशित: ११ बैशाख २०७९, आईतवार ०४:००

Leave a Reply