No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कांग्रेसका महानगर र उपमहानगरमा उम्मेदवार टुंगो लगाउने जिम्मा देउवालाई

0

काठमाडौं । नेपाली कांग्रेसले महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार टुंगो लगाउने जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ ।

आइतबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठकले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख दुई पदको उम्मेदवारको निर्णय गर्ने जिम्मेवारी देउवालाई दिने निर्णय गरेको हो ।

बैठकले पार्टीको संसदीय समिति पनि गठन गरेको छ । पार्टीका पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेललाई समेटेर बनाएको समितिामा १४ औं महाधिवेशनमा सभापति देउवासँग पराजित नेता शेखर कोइराला भने छैनन् ।

प्रकाशित: ११ बैशाख २०७९, आईतवार १२:१०

Leave a Reply