No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सागर थापालाई विराटनगरको मेयरको उम्मेदवार बनाउने एमालेको निर्णय

0

काठमाडौं । नेकपा एमालेले विराटनगर महानगरपालिकाको मेयरको उम्मेदवार सागर थापालाई बनाउने निर्णय गरेको छ । एमाले विराटनगर महानगरका अध्यक्षसमेत रहेका थापालाई मेयरमा उठाउने निर्णय भएको एमाले नेता हिक्मत कार्कीले जानकारी दिए ।

यस्तै उपप्रमुखमा भने शिल्पा निरौला कार्कीलाई उम्मेदवार बनाउने निर्णय एमालले गरेको छ । उनी एमाले नगर समितिका उपाध्यक्ष हुन् ।विराटनगरको मेयरमा लालबाबु पण्डित, गुरु बराल, जीवन घिमिरे, पर्शुराम बस्नेत, बाबुराम कार्की, रामलाल साहलगायत आकांक्षी थिए ।

प्रकाशित: १२ बैशाख २०७९, सोमबार ०२:५९

Leave a Reply