No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गठबन्धन बाहेकका दलसँग तालमेल गरेको ठाउँमा उम्मेदवारी खारेज गर्ने सत्ता गठबन्धनको निर्णय

0

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा गठबन्धनको निर्णय विपरित दर्ता भएको उम्मेदवारी सम्बन्धित दलले फिर्ता गराउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले ६ महानगर र ११ उपमहानगरमा गठबन्धनविपरीत दिइएका उम्मेदवारी सम्बन्धित पार्टीले फिर्ता गर्ने निर्णय गरेको छ ।

गठबन्धन दलभित्रका पार्टीका नेताहरूले स्वतन्त्र रूपमा दर्ता गरेका उम्मेदवारी फिर्ता गर्न सम्बन्धित पार्टीले आवश्यक कार्य गर्ने निर्णय पनि गरिएको छ । केन्द्रबाट भागबन्डा भएका ६ महानगर र ११ उपमहानगरका वडाको सिट बाँडफाँटका लागि आजै प्रदेश र जिल्ला संयन्त्रको बैठक बसेर समझदारी गर्ने अर्को निर्णय भएको छ।

प्रकाशित: १४ बैशाख २०७९, बुधबार ०८:०८

Leave a Reply