No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एआईजी अर्याललाई दर्ज्यानी चिन्ह प्रदान

0

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका राजु अर्याललाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

बुधबार सशस्त्र प्रहरी बल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित विशेष समारोहमा केसीले अर्याललाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । मन्त्रिपरिषद्को मंगलबारको बैठकले अर्याललाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो ।  केसीले समारोहमा सम्बोधन गर्ने क्रममा अर्याललाई बधाई दिए । उनले संगठनमा रहेर आफ्नो नियुक्तिको क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरुप बढुवा भएको भन्दै अर्याललाई कार्य सफलताको शुभकामना पनि दिए ।

सोही अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती ज्योती केसीले संघकी नवनियुक्त उपाध्यक्ष श्रीमती अनिता अर्याललाई फुलमालाका साथ  बधाई दिँदै संघमा स्वागत गरेकी थिइन् । २०५४ साल चैत्र १८ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक  पदबाट सेवा प्रवेश गरेका अर्याल २०५८ सालमा सशस्त्र प्रहरी बल नेपालतर्फ स्थानान्तर भएका थिए ।

समारोहमा सशस्त्रका एआईजी रामशरण पौडेललगायत सशस्त्र प्रहरीका वरिष्ठ अधिकृत, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी तथा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीको उपस्थिति थियो ।

प्रकाशित: १४ बैशाख २०७९, बुधबार १२:३०

Leave a Reply