No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जसको मुखमा अङ्गार छ, उसले ओकल्ने कालै हो

0

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको मुखमा अङ्गार भएकाले कालो ओकल्ने गरेको बताएका छन् । नेपाली कांग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले एमाले अध्यक्ष ओलीले कालो ओकल्ने गरेको टिप्पणी गरे ।

ओलीले मंगलबार एक कार्यक्रममा कांग्रेसको घोषणापत्रको सन्दर्भलाई उल्लेख गर्दै महामन्त्री थापाले ओलीले मुख छाड्नु नौलो कुरा नभएको बताए । उनले मुखमा अङ्गार हुनेले कालै ओकल्ने बताए । ओलीले आफूले बोलेको झुटलाई चुनौती दिने मानिसलाई सनक्क सन्किएर पागल भन्ने गरेको पनि उनले बताए ।

ओलीले विगतमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र चिकित्सक गोविन्द केसीलाई पनि पागल भनिसकेको उल्लेख गरे । महामन्त्री थापाले ओलीलाई आफ्नो प्रशंशाको एकलाप सुन्ने बानी भएको भन्दै कांग्रेसको घोषणापत्रले उनको झुटको पर्दापास गरेकाले रिस उठेको बताए । उनले ओलीलाई लजिक मन नपरेर म्याजिक मन पर्ने गरेको टिप्पणी गरे ।

घोषणापत्रमा लजिकको कुरा भएको र म्याजिकको कुरा नभएकाले ओलीलाई मन नपरेको उनको भनाई छ । उनले भने, ‘म त हिजो पार्टी कार्यालयमा थिएँ । मलाइ एउटा साथीले फोन गरेर भन्नुभयो दाइ थाहा पाउनुभयो उहाँले मलाई भन्नुभयो एमाले अध्यक्ष ओलीजीले घोषणापत्रको बारेमा मुख छाड्नुभयो नि भन्नुभयो । अनि मैले उहाँलाई भने अरे बाबा सफा बोलेको भए, शालिन बोलेको भए पो समाचार हुनु । केपी ओलीले मुख छाड्नु भो भन्ने कुरा त नयाँ कुरा हुँदै भएन नि । जसको मुखमा अङ्गार छ । उसले ओकल्ने कालै हो । मुखमा अङ्गार भएकोले कालै ओकल्छ । मैले भने यो त कुनै नयाँ कुरा भएन । म त पार्टीको काममा थिएँ । त्यसपछि उहाँले भन्नुभयो, होइन तपाईलाई त उहाँले पागल भन्नु भयो, मैले भने ठिक छ । मैले उहाँलाई फेरि भनेँ, तपाईलाई याद छ, केपी ओलीले को –कोलाई पागल भन्नु हुन्छ ? केपी ओली झुट बोल्नु हुन्छ । कोही आँट भएको मान्छेले आएर तपाई झुट बोल्दै हुनुहुन्छ भन्नु भयो भने सनक्क सन्केर पागल भन्नु हुन्छ । पहिला कसलाई भन्नु भएको थियो ? सुशीला कार्कीलाई । गोविन्द केसीलाई । सनक्क सन्किसकेपछि उहाँको मुखबाट निस्कने कुरा भनेकै जब उहाँको झुटलाई कसैले च्यालेन्ज गर्छ, उहाँले सबैभन्दा पहिला गाली गर्ने भनेकै पागल भनेर भन्ने हो ।’

केपी ओलीलाई ट्युशन पढाउन बालकोट जाने उनले बताए । ओलीले आफूले अघि सारेको समुन्नत नेपालको अवधारणालाई चोरेको आरोप लगाएको भन्दै उनले आफ्नो समुन्नत नेपालको अवधारणा र ओलीको समृद्धिको अवधारणाको बीचको फरकका बारेमा पढाउन बालकोट नै जानुपर्ने बताए ।

प्रकाशित: १४ बैशाख २०७९, बुधबार १३:४७

Leave a Reply