No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

इजरायलको आक्रमणबाट चार सिरियाली सैनिकको मृत्यु

0

सिरियाको दमासकसमा इजरायलले शक्तिशाली हतियारबाट आक्रमण गरेको छ । केही दिन यतादेखि इजरायलले हमला जारी राखेको जनाइएको छ । बुधबार पनि सिरियाको राजधानी दमासकसमथि इजरायलले हमला गरेको र त्यसका क्रममा कम्तीमा पनि चार जना सिरियाली सैनिक मारिएका बताइएको छ ।

सिरियाली सरकारी समाचार समिति सानाले दिएको जानकारीअनुसार बुधबार बिहानैदेखि इजरायलले सिरियाको राजधानी दमासकसनजिकैका कतिपय क्षेत्रमा हमला गरिहेको छ र त्यस क्रममा सिरियाली कम्तीमा पनि चार जना सैनिकको ज्यान गएको छ । आक्रमणबाट भौतिक सम्पत्तिमा पनि क्षति पुगेको सिरियाली सरकारले जनाएको छ ।

प्रकाशित: १५ बैशाख २०७९, बिहीबार ०७:३०

Leave a Reply