No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

निजी एयरलाइन्सले राति ८ बजे पछि नियमित उडान गर्न नसक्ने

0

काठमाडौं । वायुसेवा सञ्चालक संघले राति ८ बजेपछिका नियमिततर्फका उडान तत्काल गर्न सक्ने अवस्था नरहेको जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले रात्रिकालीन उडान भइरहेका विमानस्थलहरूमा बिहीबारदेखि लागू हुनेगरी बिहान ६ देखि राति १२ बजेसम्म १८ घण्टा कायम गरेको थियो ।

तर, संघका सदस्य वायुसेवा कम्पनीहरू बुद्ध एयर, यती एअरलाइन्स, श्री एयरलाइन्स, सौर्य एअरलाईन्स र गुण एयरलाइन्सले विविध प्राविधिक कारणले हाललाई राति ८ बजे पछिका नियमिततर्फका उडानहरू गर्न सक्ने अवस्था नरहेको जनाएका हुन् । संघले वैशाख ३ गतेकै स्लट सम्बन्धी व्यवस्था हाललाई लागू गर्न प्राधिकरणलाई आग्रह गरेको छ ।

प्रकाशित: १५ बैशाख २०७९, बिहीबार ११:४३

Leave a Reply